कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्याेग तथा उपभाेक्ता हित स‌रक्षण कार्यालय जुम्ला

खलङ्गा जुम्ला , जुम्ला
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • कर्मचारी विवरण
    • हाल सम्मका कार्यालय प्रमुखहरु
    • संगठनात्मक संरचना
    • शाखाहरु
  • प्रकाशनहरु
    • सबै
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रेस विज्ञप्ति
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क
कर्णाली प्रदेश सरकार
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

उद्याेग तथा उपभाेक्ता हित स‌रक्षण कार्यालय जुम्ला

खलङ्गा जुम्ला , जुम्ला
  • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति
    • संगठनात्मक संरचना
    • कर्मचारी विवरण
  • प्रकाशन
  • प्रेस विज्ञप्ति र सूचना
    • सबै
    • खरिद कार्यको सूचना
    • प्रेस विज्ञप्ति
    • सूचना
  • फोटो ग्यालरी
  • नागरिक वडापत्र
  • सम्पर्क

पृष्ठभूमि

कर्णाली प्रदेशकाे दश जिल्लाहरु मध्ये जुम्ला जिल्ला एक हिमाली जिल्ला हाे । पातारासी र कान्जिराेवा हिमालकाे फेदबाट बगिरहेका कर्णाली नदिका सहायक नदि जुवा नदि  तिला नदि र हिमा नदि जुम्ला जिल्लाकाे भाैगाेलिक सुन्दरता हाे । यस जिल्ला मुख्यतय दुइ उपत्यकामा विभाजित छ जसमा खलङ्गा बजार उपत्याका र सिजा उपत्याका पर्दछन । सिजा उपत्याकामा कनकासुन्दरी मन्दिर पाण्डगुफा बिराज दरबार जस्ता सम्पदा छन भने याे उपत्याका प्रयटकिय दृृषटीकाेणले नेपालकाे ठुलाे ताल रारा तालकाे प्रवेश द्रार पनि हाे । धार्मिक एव पर्यटकिय स्थलहरुमा खलगा बजार स्थित श्री चन्दननाथ र भैरवनाथका मन्दिरहरु कार्तिकस्वामी ठाकुरज्यू दानसाघु दाेभान ताताेपानी र गाेठिचाैर रहेका छन ।  नेपाली भाषा र सस्कृतिकाे उद्धगम स्थान पनि हाे । आर्यहरुकाे खस भाषाकाे उदगम स्थान जुम्ला जिल्लाकाे सिजा रहेकाे छ । जुम्ला प्राकृतिक साैन्दायता जडिबुटिका साथै कला र स‌स्कृतिले निकै धनी छ । याे जिल्ला  २८°५८' देखि २९°३०' उत्तरी अक्षांश, ८१°५१' देखि ८२°१८' पूर्वी देशान्तरसम्म २५३१ वर्ग कि.मी. क्षेत्रफलमा  फैलिएको छ । समुद्रसतह देखि ७००० फिट देखि २१०७७ फिट सम्मकाे उचाइमा रहेकाे छ । जिल्लाकाे सदरमुकाम खलङ्गा बजार ७६०० फिटकाे उचाइमा अवस्थित छ । यस जिल्लाकाे नामाकरण परापुर्वकालमा सदरमुकाम खलङ्गामा हरेकाे स्वामी दत्तात्रेयकाे मुर्तीलाइ नाग डस्न ‍आउदा स्वामी दत्तात्रेयले भष्म गरेकाेले ति नागहरु जुम्ल्याहा पहाडकाे रुपमा परिणत भइ जुम्ल्याहाकाे शब्दकाे अपभ्रर्श हुदै जुम्ला रहन गहेकाे भन्ने किमदन्ती छ । यस जिल्लालाइ प्राकृतिक सम्पदाकाे हिसावले सम्पन्न जिल्ला मान्न सकिन्छ । जुम्लाकाे प्रसिद्ध जडिबुटिमा यार्सागुम्वा पाचँअैाले जटामसी कुट्की पदमचाल हातीजडा सुगन्धवाल सिलाजित गुच्ची च्याउ तिताे गुन्नाइनाे घाेडामच्चाे केसहर आदि रहेका छन । हिमाली हावापानीमा पाइने रुख विरुवा र जडिबुटिले वन जन्य उद्याेग व्यावसायबाट आयआर्जनमा टेवा पुगेकाे पाइन्छ । यस जिल्लामा अग्लाे स्थानमा फलेकाे मार्सि धान सिमि फापर र स्याउकाे माग दिनानुदिन बढेकाे पाइन्छ । समयकाे माग अनुसार स्याउ फम व्यावसाय बढेकाे पाइन्छ । यस जिल्लाकाे पुर्वमा डाेल्पा पश्चिममा कालिकाेट उत्तरमा मुगु र दक्षिणमा जाजरकाेटसँग सिमाना जाेडिएकाे छ । यस जिल्लालाइ १ नगरपालीका ७ गाँउपालीका र प्रतिनिधि सभा सदस्यका लागि १ निर्वाचन क्षेत्र र प्रदेश सभाकाे लागि २ निर्वाचन क्षेत्र विभाजन गरीकाे छ । यस जिल्लाकाे आवत जावतकाे लागि विगतकाे भन्दा निकै सुविधा भएकाे छ । नेपालगँज  सुर्खेतबाट हवाइ मार्ग र सडक यातायातका साधनबाट सजिलै जुम्ला पुग्न सकिन्छ ।

 

Categories

पृष्ठभूमि दीर्घकालीन सोच, ध्येय, लक्ष्य, उद्देश्य तथा रणनीति संगठनात्मक संरचना कर्मचारी विवरण फोटो ग्यालरी

सम्पर्क

उद्याेग तथा उपभाेक्ता हित स‌रक्षण कार्यालय जुम्ला खलङ्गा जुम्ला , जुम्ला कर्णाली प्रदेश
०८७५२००२१
jumlagharelu@gmail.com
Web-mail Login

सम्बन्धित लिंक्स

विस्तृत
  • उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विरेन्द्रनगर सुर्खेत
  • उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
  • कर्णाली प्रदेश पाेर्टल
उद्याेग तथा उपभाेक्ता हित स‌रक्षण कार्यालय जुम्ला

© प्रतिलिपि अधिकार 2023 - उद्याेग तथा उपभाेक्ता हित स‌रक्षण कार्यालय जुम्ला जुम्ला, कर्णाली प्रदेश