स्थानिय कच्चापदार्थमा आधारित उद्योग प्रवद्धन कार्यक्रम
Submited By :उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,जुम्ला
कर्णाली प्रदेशकाे दश जिल्लाहरु मध्ये जुम्ला जिल्ला एक हिमाली जिल्ला हाे । याे २८°५८' देखि २९°३०' उत्तरी अक्षांश, ८१°५१' देखि ८२°१८' पूर्वी देशान्तरसम्म २५३१ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । समुद्रसतह देखि ७००० फिट देखि २१०७७ फिट सम्मकाे उचाइमा रहेकाे छ । जिल्लाकाे सदरमुकाम खलङ्गा बजार ७६०० फिटकाे उचाइमा अवस्थित छ । यस जिल्लाकाे नामाकरण परापुर्वकालमा सदरमुकाम खलङ्गामा हरेकाे स्वामी दत्तात्रेयकाे मुर्तीलाइ नाग डस्न आउदा स्वामी दत्तात्रेयले भष्म गरेकाेले ति नागहरु जुम्ल्याहा पहाडकाे रुपमा परिणत भइ जुम्ल्याहाकाे शब्दकाे अपभ्रर्श हुदै जुम्ला रहन गहेकाे भन्ने किमदन्ती छ । यस जिल्लाकाे पुर्वमा डाेल्पा पश्चिममा कालिकाेट उत्तरमा मुगु र दक्षिणमा जाजरकाेटसँग सिमाना जाेडिएकाे छ । यस जिल्लालाइ १ नगरपालीका ७ गाँउपालीका र प्रतिनिधि सभा सदस्यका लागि १ निर्वाचन क्षेत्र र प्रदेश सभाकाे लागि २ निर्वाचन क्षेत्र विभाजन गरीकाे छ ।
Submited By :उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,जुम्ला
Submited By :उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,जुम्ला
Submited By :उद्याेग तथा उपभाेत्ता हित सरक्षण कार्यालय जुम्ला